बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही २ नम्बर कमाण्ड अन्तर्गत मंसिर ४ गते हुने संघ र प्रदेशको कथित निर्वाचन विरुद्ध भण्डाफोर अभियान तथा घर दैलो,पर्चा वितरण कार्यक्रम रुपन्देहीको मायादेवि गाउँपालिका धमौलि र सियारी गाउँपालिका २ अभारीमा सम्पन्न गरेको छ ।
अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी धमौलिमा ४६ जना र सियारीको अभारीमा १६ जना गरी ६२ जना नेकपामा प्रवेश गरेका छन् । दुई कार्यक्रमलाई सम्बोधन गदै नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास सीले अहिलेको संसदीय व्यवस्थाको चुनाव दलाल उत्पादन गर्ने लाइसेन्स भएको भन्दै यो निर्वाचनलाई खारेज गर्नुपर्ने बताए ।
उनले भने ‘सिंहदरवारमा ईट्टा बनाउने मेसिन राखेर हामीले फुटवल खोज्छौं,फुटवल पाउनको लागि हामिले मेसिन बदल्नुपर्छ अहिलेको दलाल व्यवस्था जनताप्रति उत्तरदायी छैन आफु नाङ्गो हुनुलाई भोट दिन आवश्यक छैन । त्यसकारण हामीले भनिरहेका छौं योे व्यवस्थामा ब्यक्ति होइन व्यवस्था बदल्नको लागि नेकपा निरन्तर लागेको छ , हामीले आत्म सर्मपण र गद्धारी गर्ने छैनौ ।’
कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सदस्य तथा २ नम्बर कमाण्ड इन्चार्ज नविन सी ले अहिलेको निर्वाचन राष्ट्रघाती जनघाती र भ्रष्ट्रचारीहरुलाई चुन्ने चुनाव रहेकोले यो चुनावको कुनै औचित्य नभएको र खारेज गर्नुपर्ने बताए ।
कार्यक्रममा नवा पार्टी प्रवेशीहरुलाइ जिल्ला सेक्रेटरी वश्विास सी ले अविर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रम नेकपाका जिल्ला सदस्य मुकेश सी को अध्यक्षता र जिल्ला सदस्य अविराम सी को सन्चालनमा सम्पन्न भएको थियो ।

