२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपासहित ३ कम्युनिस्ट पार्टीद्धारा बुटवलमा चुनाव...
--5030

नेकपासहित ३ कम्युनिस्ट पार्टीद्धारा बुटवलमा चुनाव भण्डाफोर सभा गर्ने

नेकपासहित ३ कम्युनिस्ट पार्टीद्धारा बुटवलमा चुनाव भण्डाफोर सभा गर्ने

शुक्रवार, कार्तिक २५ २०७९
शुक्रवार, कार्तिक २५ २०७९

  • बुटवल । नेकपा सहित ४ कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचन विरुद्ध बुटवलमा कार्तिक २८ गते भण्डाफोर सभा गर्ने भएको छ । 
    भण्डाफोर सभामा नेकपाका प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति र नेकपाका अध्यक्ष ऋषि कट्टेलले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पोलिटब्युरो सदस्य कृतिले बताएका छन् ।  

    भण्डाफोर सभामा हज्जारौं जनताको विशाल सहभागिता रहनेछ । बुटवलको विभिन्न स्थानबाट जुलुसहरु सुरु हुनेछ र बुटवल विशाल सभामा परिणत हुने नेकपा केन्द्रीय सदस्य विश्वासले बताए । 

     तीन दलीय मोर्चाले निर्वाचन खारेज गर्ने निर्णय गरेको थियो । देशब्यापी हुने विशाल सभाहरु अन्तर्गत बुटवलमा सभाको आयोजना गरिएको हो । 

    नेकपा सहित ३ दलले संसदीय निर्वाचन श्रमिक जनताको पक्षमा नरहेको र प्रतिक्रियावादी र साम्राज्यवादीको मतियार भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । तीन दलले मंसिर ४ गतेको निर्वाचन खारेज गर्न जनतालाई अपिल गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij