लम्जुङ। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति लम्जुङको भित्तेलेखन अभियान आजबाट शुरु भएको छ।
पार्टीको हालै सम्पन्न जिल्ला समितिको बैठकले आगामी संसदिय चुनाव विरुद्ध भित्तेलेखन सहित प्रचारप्रसार अभियानलाई तिव्र पार्ने निर्णय अन्तर्गत भित्तेलेखन शुरु गरिएको हो।
मङ्सिर ४ गते हुने भनिएको चुनाव जनताका लागिआकाशमा वेल पाक्यो कागलाई हर्ष न विस्मात भने जस्तै भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेको कार्यनीति लिएपछि नेकपा लम्जुङले भित्तेलेखन लगाएतका प्रचारात्मक काम अगाडि बढाइएको बुझीएको छ।
प्रचार अभियानको क्रममा शान्ति , समृद्धि र स्थायित्वको लागि बैज्ञानिक समाजवाद , दलाल सत्ताको चुनाव खारेज गरौ, एकीकृत जनक्रान्ती जिन्दावाद जस्ता नाराहरु लेखिएका छन।
