२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • महासचिव विप्लवद्धारा भुकम्पमा परी ज्यान...
--5018

महासचिव विप्लवद्धारा भुकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्धारा भुकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

पीडितको उद्धार तथा राहत कार्यमा खट्न निर्देशन

बुधवार, कार्तिक २३ २०७९
बुधवार, कार्तिक २३ २०७९
  • बुटवल ।  नेपाल कम्युनिष्ट पार्टीले मंगलबार राति डोटीमा भुकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई विशेष निर्देशन गरेको छ ।


    नेकपा महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी भुकम्पको दुःखद घटना र अप्ठ्यारो अवस्थामा रहेकाहरुको पार्टीको तर्फबाट तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न तथा आ–आपनो स्थानबाट सहयोग कार्यमा जुट्न नेतृत्व, कार्यकर्ता तथा पार्टी पंङ्तिलाई विशेष निर्देशन गरेका छन् ।


    साथै भुकम्पमा परी ज्यान गुमाउनु हुने प्रेम बोहरा, भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, धनसरी बोहरा र तुलसी बोहराप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकमग्न सबै परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । उक्त घटनामा घाइते हुनुभएका घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij