२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • ईलाममा नेकपाका जिल्ला नेता...
--5012

ईलाममा नेकपाका जिल्ला नेता पक्राउ

ईलाममा नेकपाका जिल्ला नेता पक्राउ

सोमवार, कार्तिक २१ २०७९
सोमवार, कार्तिक २१ २०७९
  • ईलाम। ईलामामा चुनाब खारेज अभियान अन्तर्गत प्रचार प्रसारको काममा हिंडेका नेकपाका चार नेताकार्यकर्तालाई ईलाम प्रहरिले गिरफ्तार गरेको छ । शान्तिपुर्ण रुपमा भित्तेलेखन गरिरहेका ईलाम जिल्ला कमिटी सदस्य हुकुम मल्ल, मुक्ती राई, एलन राई, सोम राई लाई प्रहरिले दिउँसो गिरफ्तार गरेको हो । 

    शान्तिपुर्ण रुपमा आफ्नो कुरा राख्न पाउने संबैधानिक अधिकार लाई कुण्ठित गर्ने गरि गुण्डागर्दी शैलिमा गिरफ्तार गरिएको भन्दै उक्त घटना प्रती नेकपा ईलामले आपत्ती प्रकट गरेको छ ।

    यो ब्यवस्थामा खराबी रहेको र यसको बिकल्पको निम्ति बैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने माग सहित शान्तिपूर्ण रुपमा जनतामा गैरहेको पार्टिलाई बन्देज लगाउन खोज्नु राज्यको कायरता भएको नेकपाका केन्द्रिय सदस्य मौसमले बताए । 

    उनले आफ्ना नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेका छन् । जबर्जस्त रुपमा शान्तिपुर्ण आवाजहरुलाई दबाउन खोजिए, प्रतिरोधमा उत्रने र त्यसको जिम्मेवारी ईलाम प्रशासन र राज्यले लिनु पर्ने चेतावनी दिएका छन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij