२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--4995

सामना साँस्कृतिक परिवारद्धारा अभियान शुरू

सामना साँस्कृतिक परिवारद्धारा अभियान शुरू

बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पुर्ण वैठकले संघ र प्रदेशको निर्वाचन सशक्त खारेज गर्ने निर्णय संगसँगै जवस मोर्चाहरू पनि आ-आफ्ना जीम्वेवारीमा खटाएको छ ।

    त्यसै गरि केन्द्रीय सामना परिवार मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचन लाई खारेज गर्ने अभियान सहित जनजागरण अभियान २०७९ सुरु गरेको छ । नेपाली जनता, नेपाल राष्ट्र र सामना परिवारको भिन्नै परिचय छ ।

    आम नेपाली नागरिकहरूको हरेक दुःख कस्टहरूमा सामना अग्रभागमा लड्छ अगाडि वढ्छ । सामाजिक साँस्कृतिक विचलन र प्रभावमा होश वा सिमा अतिक्रमण र राष्ट्रिय स्वाधिनताको संकटमा होश, महङ्गी भ्रष्ट्राचार कालोवजारी नै किन नहोश नेपाली जनतामाथीको अन्याए अत्याचार विभेद अनि दमनको विरूद्ध आ-आफ्ना कला र साधनाकासाथ जाईलाग्छ ।

    हो त्यसरी नै राज्यले संचालन गर्नलागेको मंसिर ४को संघ र प्रदेशको निर्वाचन, राष्ट्रघाती एम सी सी, यश पी पी लगायतका सम्झौटा खारेजको लागि पनि जनता जगाउन अभियान शुरू गर्न लागेको सामाना परिवारले जनपत्रिकालाई जानकारी दिएको छ ।

    देश व्यापी अभियान सानदार र प्रभावकारी वनाउन सवैलाई सचेत जागरुक गराउनका लागी सम्पुर्ण नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, शिक्षक, वुद्धीजीवी, वकिल, विध्यार्थी, उध्योगी व्यवसायीमा साथ र सहयोगको लागि अपिल गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij