२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--4994

नेकपा रोल्पाको दोस्रो बैठक सम्पन्न

नेकपा रोल्पाको दोस्रो बैठक सम्पन्न

बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • हर्क सी,राेल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी राेल्पाकाे दाेस्राे पुर्ण बैठक जिल्ला सदरमुकाम लिबाङमा बुधबार सम्पन्न भएकाे छ ।

    बैठकले पार्टीको ९अाैं महाधिबेशनले लिएका निर्णय र लगतै सम्पन्न केन्द्रीय समितिकाे बैठकले लिएका निर्णयहरू अक्षरस कार्यन्वयन गर्ने निर्णय गरेकाे छ ।

    नेकपा राेल्पाका सेक्रेटरी असिना सीकाे अध्यक्षतामा भएकाे बैठकमा नेकपाका पाेलिटब्युराे सदस्य सुवास सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने बैकल्पिक केन्रद्रीय सदस्यहरू प्रयास सी र दिनेश सी केन्द्रीय प्रतिनिधि सदस्यहरू कुमार सी,बिश्व सी,बिश्लेशन सी र तिकाराम सीकाे आतिथ्यता रहेकाे थियाे भने पार्टी जिल्ला सदस्य र सल्लाहकारहरूकाे उपस्थिति रहेकाे नेकपा राेल्पाले जानकारि दिएकाे छ ।

    स्मरण रहाेस नेकपाकाे असाेज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा सम्पन्न पार्टीको ९अाैं महाधिवेशन ले आसन्न संघ र प्रदेशकाे निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेकाे थियाे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij