२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • बुटवलबाट गुल्मी शान्तिपुरतर्फ जाँदै गरेको जीप...
--4977

बुटवलबाट गुल्मी शान्तिपुरतर्फ जाँदै गरेको जीप दुर्घटना, ६ जना घाइते

बुटवलबाट गुल्मी शान्तिपुरतर्फ जाँदै गरेको जीप दुर्घटना, ६ जना घाइते

आइतवार, कार्तिक १३ २०७९
आइतवार, कार्तिक १३ २०७९
  • बुटवल । गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । आइतबार बुटवलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप अनियन्त्रित भई सत्यवती गाउँपालिका –६ स्थित रुद्रावेणी–वामी सडक खण्डमा पल्टिएको थियो ।

    दुर्घटनामा परि बाग्लुङको बाटाकाचौर गाउँपालिका –३ निवासी ४७ बर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ बर्षिया चन्द्रकला काउछा, २२ बर्षया दिपिका काउछा, ५७ बर्षिय प्रेम बहादुर काउछा घाइते भएका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिका –१ का १६ बर्षिया कल्पना गलामी र वडा नम्बर ४ का २८ बर्षिया कल्पना पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलले जानकारी दिए ।

    घाइते सबैलाई प्राथमिक उपचारको लागि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । जीप घटनास्थलमै रहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन् । जीपमा १३ यात्रु सवार रहेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij