२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • कालीकोटमा बम विस्फोट हुँदा २ जनाको...
--4972

कालीकोटमा बम विस्फोट हुँदा २ जनाको निधन, ३ जना सख्त घाइते

कालीकोटमा बम विस्फोट हुँदा २ जनाको निधन, ३ जना सख्त घाइते

शनिवार, कार्तिक १२ २०७९
शनिवार, कार्तिक १२ २०७९
  • बुटवल । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किदाँ घाइते भएकी स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी  दिए ।

    विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । कस्तो बम, कसले र किन राखेको हो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij