बुटवल । रोल्पाको सुलिचौरमा बुधबार भएको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
लिवाङ–भालुवाङ सडकखण्ड अन्र्तगत सुनीलस्मृति गाउँपालिका –४ सेवा केन्द्र भन्ने ठाँउकाट गजुलतर्फबाट जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दाङ घोराही उपमहानगर पालिका–६ का ५८ कर्षका विष्णु रिजाल र ६० बर्षका नारायण रिजाल तथा रोल्पा नगर पालिका –३ कि ५० बर्षकी फाम्सी केसिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारसि दिएको छ ।
दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् । जस मध्ये ७ जनालाइ थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरलिे जानकारी दिएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
