बुटवल । नेकपाद्वारा पार्टी वेबसाईट प्रारम्भ नेपाल कम्युनिस्ट पार्टीले आजबाट पार्टीको वेबसाईट www.cpnepal.org औपचारिक रुपमा उद्घाटन गरेको छ।
कपिलवस्तु स्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रम विच महासचिव विप्लव सि ले वेबसाईटको उद्घाटन गरेका हुन।
शनिबार देखि प्रारम्भ गरिएको www.cpnepal.org को माध्यमबाट पार्टीका विचार , दृष्टिकोणबारे नियमित जानकारी गर्ने, पार्टी सदस्यहरुको व्यक्तिगत विबरण अध्यावधिक गर्ने र अन्य नियमित सूचना र जानकारी सम्प्रेषण गर्ने उद्देश रहेको कुरा सूचना तथा सञ्चार विभाग इन्चार्ज तथा पार्टी पोलिट व्युरो सदस्य प्रज्वलन सि ले जानकारी दिएका छन।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भयको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सहितका केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विषय सि ले गरेका थिए भने पोलिटब्युरो सदस्य आस्था सिले कार्यक्रमको सञ्चालन गरेकि थिइन।

