२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेकपाले संसदीय निर्वाचन खारेजसहित दुईमहिने अभियान...
--4945

नेकपाले संसदीय निर्वाचन खारेजसहित दुईमहिने अभियान सञ्चालन गर्ने

नेकपाले संसदीय निर्वाचन खारेजसहित दुईमहिने अभियान सञ्चालन गर्ने

आइतवार, कार्तिक ६ २०७९
आइतवार, कार्तिक ६ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा दुई महिने अभियान संचालन गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । दुई महिने अभियान अन्तरगत सरकारले घोषणा गरेको संसदीय निर्वाचन खारेज गर्ने, बढ्दो महङ्गी, भ्रष्टाचार, दलालीकरणका विरुद्ध संघर्ष गर्ने, अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध संघर्ष गर्ने निर्णय भएको नेकपा श्रोतले जनाएको छ ।

    दुई महिने अभियानभित्र माओको जन्मजयन्ती पनि भब्य रुपमा बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । त्यस्तै, बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । बैठकले नेकपाको प्रवक्तामा प्रकाण्डलाई पुन: चयन गरेको जनाइएको छ । नेकपाको भर्खरै सम्पन्न ९ औं महाधिवेशनले १२६ जनाको केन्द्रीय समिति र १३९ जनाको केन्दीय प्रतिनिधि समिति निर्वाचन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij