२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • 'कामरेडहरु, अब 'सी' लेख्नुहोस्, मानिसको...
--4940

'कामरेडहरु, अब 'सी' लेख्नुहोस्, मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ !' : विप्लव

'कामरेडहरु, अब 'सी' लेख्नुहोस्, मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ !' : विप्लव

शुक्रवार, कार्तिक ४ २०७९
शुक्रवार, कार्तिक ४ २०७९
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अब कम्युनिष्ट जाति वनाउनका लागि आफ्नो नामको पछि 'सी' लेखिने घोषणा गरेका छन् । शिवगढीमा नवौं महाधिवेशनको वुधवार समापन सत्रलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो घोषणा गरेका हुन । उनले अब नेत्रविक्रम चन्द नहुने र नामको पछि सी लेखिने वताए । उनले कम्युनिस्टहरु अन्तर्राष्टिय जाती हुने बताउँदै जातीय विभेद र उत्पीडनको अन्त्य गर्न एउटा नयाँ जातिको अभ्यासका लागि विप्लवको पछि 'सी' लेखिने बताएका छन् उनले 'सी' भनेको कम्युनिष्ट हो, कम्युनष्टि भनेको साम्यवादी हो र यो अन्तर्राष्टिय जाती हो । यो सवै नेता कार्यकर्तालाई लागु गर्न निर्देशन दिएका छन् । 

    महाधिवेशनमा उपस्थिति प्रतिनिधि एवं कार्यकर्ताले महासचिव विप्लवको उक्त प्रस्तावलाई पारित गरेका छन् । उक्त निर्णयसँगै विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक भएका छन् । नेकपाबाट विसर्जित भएका, कारवाहीमा परेका र अवसरको खोजीमा पार्टी चाहारिरहेका डुलेवाहरु नेकपाको 'सी' लेख्ने निर्णयबाट आतंकित भएका छन् र नेकपालाई बदनाम गर्न खोजिरहेका छन् । नेकपाप्रतिको लोकप्रियता बढ्दै गएपछि वाम खोलका लिनप्याओवादी, अवसरवादी र फुटवादीहरुले सामाजिक सञ्जालमा कुण्ठा पोखिरहेका छन् ।  

    महासचिव विप्लवले कम्युनिष्ट जाति भनेको नयाँ दृष्टिकोण भएको भन्दै सवै कम्युनिष्ट जाति मात्र हुने र हरेकले नामको पछाडिको थर हटाएर सी लेख्नुपर्ने वताए । महासचिव विप्लवले अव नेकपाले दुई वटा कार्यनीति लिएर जनतामा जाने उद्घोष गरे । उनले नयाँ समाजवादी जनसत्ता र राष्टिय स्वाधीनतको कार्यनीति लिएर नेकपा जनतामा जाने वताए ।

    उनले दलाल संसदीय व्यवस्थाको निर्वाचन नेकपाले सशक्त रुपमा खारेज गर्ने वताए । महाधिवेशनले हरेक दुई महिनाको एक दिन कम्युनिष्ट श्रमदिनको पारित गरेकाले सवै कम्युनिष्ट नेता कार्यकर्ताहरुले एक दिन सामुहिक श्रम गर्नु पर्ने उहाँल वताए ।

    महासचिव विप्लवले सहिद बेपत्ता र घाईते अपांग कोषको निमार्ण गर्ने र त्यो कोषवाट समस्यामा परेका परिवारलाई सहयोग गर्ने नीति लिएको पनि वताए । उनले एमसीसीले लिएको जग्गामा अब कम्युनिष्ट झण्डा फहराउने र कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नदिने ठोकुवा गरे ।

    महाधिवेशन सफल,एकतावद्ध र विजयी भएको भन्दै महासचिवले दुश्मनको कुुप्रचारका विरुद्ध लड्न पनि सवैलाई आग्रह गरे । महाधिवेशनले राष्टियता,जनतन्त्र र जनजीविका सम्वन्धिका विभिन्न १० वुँदे प्रस्तावहरु पनि पारित गरेको छ ।

    गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने भनिएपनि समय लम्विएकाले कार्तिक २ गते मात्र सकिएको छ । महाधिवेशनमा देशभर वाट करिव ६ सय वढी प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij