२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
-.--4937

एक वर्षमा महंगी बृद्धिदर २.४ गुणा बढी, गरिबको ढाड सेकियो

एक वर्षमा महंगी बृद्धिदर २.४ गुणा बढी, गरिबको ढाड सेकियो

शुक्रवार, कार्तिक ४ २०७९
शुक्रवार, कार्तिक ४ २०७९
  • बुटवल । एक वर्षमै मूल्य वृद्धिको दर २.४ गुणा बढेको छ । महंगीले जनताको ढाड सेकिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.६४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत मात्रै थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ । २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्यवृद्धि १७.२९ र घ्यू तथा तेलको मूल्यवृद्धि १४.५३ प्रतिशत छ । होटल तथा रेस्टुरेन्ट उपसमूहको मूल्यवृद्धि १२.३०, मदिराजन्य पेय पदार्थको १०.२४ र तरकारी उपसमूहको मूल्यवृद्धि ९.९ प्रतिशत छ ।

    समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात सेवाको २३.४१, स्वास्थ्यको १०.५ फर्निसिङ्ग तथा घरायसी उपकरणको ९.२, शिक्षाको ८.१ प्रतिशत मूल्यवृद्धि छ । भौगोलिक रुपमा हेर्दा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.६, तराईमा ९.३३, पहाडमा ८.८ र हिमालमा ६.६ प्रतिशत मुद्रास्फीति छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij