२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • पाल्पा–गुल्मी सडक खण्डको जोर्तेमा पहिरो...
--4929

पाल्पा–गुल्मी सडक खण्डको जोर्तेमा पहिरो खस्दा सडक अवरुद्ध

पाल्पा–गुल्मी सडक खण्डको जोर्तेमा पहिरो खस्दा सडक अवरुद्ध

बिहिवार, आश्विन २० २०७९
बिहिवार, आश्विन २० २०७९
  • बुटवल । अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको छ। 

    पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

     जोर्ते बजार माथि सडक चौडा गरेको स्थानमा ठूलो पहिरो गएको स्थानियले बताएका छ्न्। 

    सडक डिभिजनको स्काभेटरले अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसोसम्ममा बाटो खुल्ने सम्भावना छ।

    सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारी साधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारीसाधन बाटोमै रोकिएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij