२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • गुल्मी धुर्कोट वस्तुकि ४१ वर्षीया...
--4925

गुल्मी धुर्कोट वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको माइत जाने क्रममा खोलाले बगाएर मृत्यु

गुल्मी धुर्कोट वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको माइत जाने क्रममा खोलाले बगाएर मृत्यु

बुधवार, आश्विन १९ २०७९
बुधवार, आश्विन १९ २०७९
  • बुटवल । दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ ।

    जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

    आज साझ ६ बजे तिर आफ्नो घर वस्तु बाट माइतीघर धुर्कोट गाउँपालिकाको पिपलधारा जाने क्रममा औरती खोलाले बगाएर उनको मृत्यु भएको हो ।

    करिब एक किलोमीटर तल कुवरको शव भेटिएको प्रहरीले जनाएको छ ।
    शवलाई पोस्ट मार्टमको लागि सदरमुकाम तम्घास ल्याउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij