२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • बुटवलबाट गुल्मी अर्जै जाँदै गरेकोे जिप...
--4923

बुटवलबाट गुल्मी अर्जै जाँदै गरेकोे जिप दुर्घटना

बुटवलबाट गुल्मी अर्जै जाँदै गरेकोे जिप दुर्घटना

बुधवार, आश्विन १९ २०७९
बुधवार, आश्विन १९ २०७९
  • बुटवल ।  बुटवलबाट गुल्मीको अर्जै छाप आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। 

    मंगलबार राति पौने दुई बजे लु१ज ४४४८ नम्वरको जीप रेसुंगा नगरपालिका ४ रागेढुंगा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परी जीप चालक इस्मा गाउँपालिका ६ अमरपुर निवासी २६ वर्षीय बेले नामले चिनिने कृष्ण बहादुर सुनार र बुटवल १४ बस्ने अमरपुर माइतीघर भएकी ३५ वर्षिय देवकला अर्याल घाइते भएका छन्।

    गाडी चालक सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए। जीपमा दस जना सवार थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij