२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • 'ल्हुम्पेकमा झ्याउरे गीत’ र ‘पुस्तकमा ल्हुम्पेकी...
--4913

'ल्हुम्पेकमा झ्याउरे गीत’ र ‘पुस्तकमा ल्हुम्पेकी सौन्दर्य’बारे चर्चा

'ल्हुम्पेकमा झ्याउरे गीत’ र ‘पुस्तकमा ल्हुम्पेकी सौन्दर्य’बारे चर्चा

आइतवार, आश्विन १६ २०७९
आइतवार, आश्विन १६ २०७९
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा ल्हुम्पेकमा झ्याउरे गीत र पुस्तकमा ल्हुम्पेकी सौन्दर्यबारे चर्चा भएको छ । 
    ल्हुम्पेक साहित्य यात्राको नियमित शृंखला अन्तर्गत भएको उक्त शृंखलामा प्राज्ञ भुवन थापा बहुविले ल्हुम्पेकमा झ्याउरे गीतबारे बोल्दै पुख्र्यौली गीतमा ल्हुम्पेकको चिनारी रहेको बताउनुभएको छ । उहाँले झ्याउरे गीतभित्र पुर्खाका इतिहास, जनजीवन र गाउँको संस्कृति रहेको बताउदै यसलाई संरक्षण जरुरी रहेको बताउनुभयो । 
    पुस्तकमा ल्हुम्पेकी सौन्दर्यबारे बोल्दै लेखक एवं साहित्यकार सुन्दर लिलामी तरामु मगरले ल्हुम्पेकमा रहेका स्रष्टाहरुले स्थानीय बिषयहरुलाई लेखनको बिषय बनाउनुपर्ने बताउनुभयो । उहाँले थानेश्वर भट्टराईद्धारा २०४१ सालमा प्रकाशित उपन्यास ‘अतिरिक्त कामना’ पुस्तकदेखि भुवन थापा बहुवि, प्रदीप थापा मगर, सुन्दर तरामु मगर, खोमा तरामु मगर, सिद्धिचरण भट्टराईका पुस्तकहरुबारे चर्चा गर्नुभएको थियो । 
    मुक्तककार प्राञ्जलले विश्व साहित्य, समकालीन साहित्य र स्थानीय स्तरमा लेखिने साहित्यबारे चर्चा गर्दै लेखनको क्षेत्रलाई उपभोक्तावादी चिन्तनले गाज्दै जानु दुखद् भएको बताउनुभयो । उहाँले साहित्य लेखन र चिन्तनको क्षेत्रमा पनि दुई दृष्टिकोण रहेको भन्दै समाजमा यो रहिरहने बताउनुभयो । 
    कवि खोमा तरामु मगरले समाजको सांस्कृतिक रुपान्तरण एवं नयाँ संस्कृतिको जग निर्माणका लागी ल्हुम्पेक साहित्य यात्राको बिषयगत शृंखला गरेको बताउदै कार्यक्रममा बिषयगत प्रस्तोता एवं स्रष्टाहरुको संक्षिप्त परिचय गराउनुभएको थियो । 
    कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नरमाया राना, वडा अध्यक्ष जितु तरामु मगरले शुभकामना दिनुभएको थियो । कार्यक्रममा टिका राना, तेजकुमारी थापा, प्रदीपा राना, फटिक तरामु, पारश राहादी, चाँदनी राहादीलगायतले कविता र गीत प्रस्तुत गर्नुभएको थियो । 
    संयोजक गुणदेव सिंजालीको अध्यक्षता र साहित्यकार प्रदीप राहादी मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नं. २ अध्यक्ष खड्कवीर थापा, श्री धर्मपुर माविका प्राचार्य बलबहादुर राहादी, श्री भानु आधारभूत विद्यालयका प्रअ खिमलाल राहादीलगायत दुई दर्जन स्रष्टा एवं शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij