२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा हुने, असोज...
--4901

नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा हुने, असोज २५ गते विप्लवद्धारा उद्घाटन गरिने

नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा हुने, असोज २५ गते विप्लवद्धारा उद्घाटन गरिने

बिहिवार, आश्विन ६ २०७९
बिहिवार, आश्विन ६ २०७९
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गते कपिलवस्तुमा हुने भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले गर्नुहुने भएको छ । 

    बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका हुन् ।

    पार्टी प्रवक्ता प्रकाण्डले समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब असोज २५ देखि ३१ गतेसम्म हुने बताए ।

    प्रवक्ता प्रकाण्डले महाधिवेशनले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने पनि बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij