२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • भीमफेदी बस दुर्घटना, मृतकको संख्या ७...
--4898

भीमफेदी बस दुर्घटना, मृतकको संख्या ७ पुग्यो

भीमफेदी बस दुर्घटना, मृतकको संख्या ७ पुग्यो

बिहिवार, आश्विन ६ २०७९
बिहिवार, आश्विन ६ २०७९
  • मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत जुरिखेतमा बस दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको छ।

    ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए। उनीसहितको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारको लागि पठाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको गौतमले बताए।  

    काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा।३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्ती ओरालोमा दुर्घटना भएको हो। '६ जनाको घटनास्थलमै मृत्यु भएको छ।  घाइते करिब १८/२० जना नै छन्। उनीहरुलाई २र३ वटा गाडीमा हालेर उपचारका लागि पठाएका छौं', गौतमले भने, 'अरु विवरण आउन बाँकी छ। हामी उद्दारमै छौं।' यस सडक खण्डमा अत्याधिक दुर्घटना हुने गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij