बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीको नियमित मासिक श्रृंखला सिर्जना चौतारीको सातौं श्रृंखला बुटवलको पुरानो बसपार्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा २४ जना स्रष्टाहरुले गीत,नृत्य,कविता लगायतका सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सदस्य तथा १ नम्वर कमाण्ड इन्चार्ज बिरेन्द्र बिकले साम्राज्यवादविरुद्व धावा बोल्नको निम्ति विकृत उपभोक्तावादी संस्कृतिको अन्त्य गर्न जनवादी संस्कृति स्थापनाका लागि जनसांस्कृतिककर्मीहरुको महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । उनले सिर्जना चौतारीलाई अलि फराकिलो बनाएर नयाँ प्रतिभा जन्माउने थलोको रुपमा स्थापित गर्नुपर्ने भन्दै देशको आमुल परिर्वतनका निम्ति जनवादी कला साहित्य र विचारका माध्यमबाट महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवार संगठन नेपालका केन्द्रिय सचिव तथा लुम्बिनि प्रदेश संयोजक जया पौडेलले लेखक साहित्यकार सांस्कृतिक कर्मीहरुले कला गीत संगीत र बौद्धिक क्षेत्रबाट सांस्कृतिक रुपान्तरण गर्नुपर्ने बताइन् । उनले कलाकार सांस्कृतिक कर्मीहरुले गाउने गीत र गरीने सिर्जनामा सत्य घटना र समाज रुपान्तरणका पक्षमा हुनुपर्ने बताइन् ।
कार्यक्रममा बिहानी मगर, विष्णु राउत, प्रविण न्यौपाने,श्रीधर ज्ञवाली, पदम पराजुलि,सुनिता बोगटी,आत्मा पौडेल ,संयोग मगर, शिव भुषाल,माधन न्यौपाने समिक्षा,एलिसा,शुशिल,संरचना, स्विकृति,मनिषा,जेनिषा पुनम शिला,लगायतले रचना प्रस्तुत गरेका थिए भने कलाकारहरुले ३ वटा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी प्रदेश सदस्य देवराजको अध्यक्षता र संग्रामी सांस्कृतिक परिवारका रुपन्देही संयोजक आत्मा पौडेलको सञ्चालनमा भएको थियो ।
सिर्जना चौतारीको नियमित आठौं श्रृंखला कार्तिक ५ गते हुने अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीकी अध्यक्ष बिहानी मगरले बताइन् ।
