भैरहवा, भदौ २९ । सामूहिक विद्यालय परिवार रूपन्देहीले ५८ औं राष्ट्रिय बालदिवसको अवसरमा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बुधबार भैरहवामा एक कार्यक्रमका बिच सामूहिक विद्यालय परिवारमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
बालबालिकालाई समान रुपमा व्यवहार गर्नु पर्छ भन्ने नारा छ तर उद्देश्य अनुरुप राज्य नलागेको प्याब्सन केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थीले बताए ।
सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले अझै पनि बालबालिकाहरू शिक्षाको पहुँच भन्दा बाहिर रहेकोले सबै बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन राज्यले पहल गर्नु पर्ने बताए ।
सामूहिक विद्यालय परिवारमा १८ ओटा विद्यालय आवद्ध रहेका छन् । १८ विद्यालयका ३८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
