२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • दाङ तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस...
--4875

दाङ तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

दाङ तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

सोमवार, भाद्र २७ २०७९
सोमवार, भाद्र २७ २०७९
  • बुटवल । तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस तुलसीपुरको पिपलबोट नजिकै दुर्घटनामा परेको छ ।

    सोमबार बेलुका साढे पाँच बजेतिर तुलसीपुरको पीपलबोटको उकालोमा तुलसीपुरबाट काठमाडौका लागि छुटेको ना ६ ख १२९० नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    पिपलबोटको उकालोमा बसमा डिजेल सकिएपछि गाडी ब्याक हुँदा नजिकै रहेको न्यू बस्त्रालय फेन्सी पसलमा ठोकिएको छ ।

    बस पसलमा ठोकिदा मानविय क्षति भने हुन नपाएको प्रहरीले बताएको छ।

    चालकको सावधानीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij