२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता...
--4874

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

सोमवार, भाद्र २७ २०७९
सोमवार, भाद्र २७ २०७९
  •  

    तिलोत्तमा, भदौ २७ ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो । 

    यहि भदौ ३० गतेदेखि  हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ । प्रतियोगिता मार्फत जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य  राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो । 

    विगतमा नगरस्तरीय प्रतियोगिता आयोजना हुँदै आएकोमा यस वर्षदेखि जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स  क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो । 

    शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij