२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तुलराज...
--4873

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तुलराज बिकलाई सुर्खेत प्रहरीले गिरफ्तार

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तुलराज बिकलाई सुर्खेत प्रहरीले गिरफ्तार

सोमवार, भाद्र २७ २०७९
सोमवार, भाद्र २७ २०७९
  • बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तुलराज विकलाई सुर्खेत प्रहरीले सोमवार वीरेन्द्रनगरवाट विना कारण पक्राउ गरेको छ ।

    विद्यार्थी संगठनको सुर्खेत जिल्ला इन्चार्ज समेत रहनुभएका विकलाई विना कारण पक्राउ गर्नु निन्दनीय र आपत्तिजनक भएको विद्यार्थी संगठनले जनाएको छ ।

    जुझारु विद्यार्थी नेता विकलाई गुण्डा गर्दी शैलीमा गिरप्तार गरिएको विद्यार्थी संगठनले जनाएको छ । अखिल क्रान्तिकारीले गिरफ्तार विद्यार्थी नेता विकलाई यथाशिघ्र रिहाई गर्न जोडदार माग गरेको छ ।

    केही समय पहिले जनकशिक्षा साम्रगी केन्द्रका कर्णाली प्रदेश प्रमुखलाई कालो मोसो दलेको विषयमा गुण्डा शैलीमा पक्राउ गरिएको हुन सक्ने विद्यार्थी संगठनले आसंका गरेको छ ।

    विद्यार्थी संगठनले मातृ पार्टी संग तीन बुँदे सहमति गरी मुद्दा खारेज गरी, गिरफ्तार नेता कार्यकता रिहाई गर्ने सहमति गरे पनि उल्टै विद्यार्थी पक्राउ गर्नु सहमति उल्लंघन तर्फ सरकार गएको वताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij