२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • बर्दियामा नेकपा (माओवादी केन्द्र)का दुई जना...
--4871

बर्दियामा नेकपा (माओवादी केन्द्र)का दुई जना जिल्ला स्तरिय नेता नेकपामा प्रवेश

बर्दियामा नेकपा (माओवादी केन्द्र)का दुई जना जिल्ला स्तरिय नेता नेकपामा प्रवेश

सोमवार, भाद्र २७ २०७९
सोमवार, भाद्र २७ २०७९
  • बुटवल ।  नेकपा माओवादी केन्द्रका दुई जना जिल्ला स्तरिय नेता पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।

    बर्दियाको सदरमुकाम गुलरियामा आईतवार भएको एक कार्याक्रमकाबीच नेकपा (माओवादी केन्द्र) परित्याग गरि नारद प्याकुरेल र दिपेन्द्र प्याकुरेल नेकपामा प्रवेश गर्नु भएको हो । उहाँहरुलाई नेकपा बर्दियाका जिल्ला सेक्रेटरी गणेश चौधरीेले अविर आवरण गरी स्वागत गर्नुभयो ।

    नव प्रवेशी नारद र दिपेन्द्रले नेकपा (माओवादी केन्द्र) अव माओवादी विचार र सिद्धान्तमा नभएको र सिद्धान्तहिन पार्टी भएको बताउनुभएको छ ।

    उहाँहरुले माओवादी केन्द्र नातावाद कृतावाद संगै  भ्रष्टाचार दलाल कमिशन घुसखोरहरुको संरक्षण गर्ने पार्टीमा परिणत भएको दावी गर्नुभयो । उहाँहरुले क्रान्तिकारी विचार र नीति वोकेको पाटी नेकपा मात्र देखेकाले माओवादी केन्द्र परित्या गरेर नेकपामा प्रवेश गरेको बताउनुभएको छ ।

    स्वागत संगै जिल्ला सेक्रेटरी चौधरीले बैज्ञानिक समाजवादी व्यवस्था ल्याउन युवाहरूको महत्वपूर्ण भुमिका रहने र भ्रममा परेर अरु पार्टीमा लागेका युवाहरु ढिलो चाँडो आफ्नो पार्टीमा फर्किने दावी गर्नुभयो ।

    उहाँले दलाल संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भएको भन्दै संसदीय व्यवस्था नेपालमा असफल भएकाले त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गर्नुभयो ।

    उहाँले राष्ट्रघाती एमसीसी र एस.पि.पि का विरुद्ध सम्पूर्ण राष्ट्रवादी,देशभक्त र क्रान्तिकारी शक्तिहरु लड्नुको विकल्प नभएको पनि वताउनुभयो । सो क्रममा भेरी कर्णाली साधारण शाखा सेक्रेटरी धर्मराज सुनार (धिरेन्द्रले) पनि नवप्रबेशीहरूलाई स्वागत गर्नुभयो ।
    स्वागत कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) बर्दिया जिल्लाका अध्यक्ष हरि प्याकुरेलले गर्नुभएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij