बुटवल । नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर समिति रुपन्देहीको प्रथम नगर भेला सम्पन्न भएको छ। सम्मेलनले नगर सेक्रेटरीमा लक्ष्मी थापा लाई निर्बाचित गर्दै ११ सदस्यीय नगर कमिटी निर्बाचित गरेको छ।
उक्त नगर सम्मेलनमा प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य कमरेड जित बहादुर रसाइलीले दलाल संसदीय ब्यवस्थालाई खारेज गरेर बैज्ञानिक समाजबादी ब्यवस्था नल्याएसम्म नेपाली जनताको मुक्ती नहुने कुरा राख्दै यसको लागि सम्पुर्ण उत्पीडित एक भएर निरन्तर दलाल संसदीय ब्यवस्थाको विरुद्ध संघर्स गर्नुपर्ने बताए।
साथै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा बुटवल, तिलोत्तमा र सिद्दार्थ नगरका कमान्ड इन्चार्ज बिरेन्द्र बिक, जिल्ला सदस्य गोपाल रोकाले शुभकामना मन्तव्य राख्नुभएको थियोे।
पार्टी जिल्ला सदस्य तथा तिलोत्तमा नगर सेक्रेटरी बिज्ञानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर कमिटी सदस्य शन्कर कोइरालाले राख्नुभएको थियोे भने संचालन नगर कमिटी सदस्य कृष्ण कडेलले गर्नुभएको थियोे।
