२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेकपा देवदहको नगर सम्मेलन सम्पन्न,सेक्रेटरीमा मुक्ति...
--4868

नेकपा देवदहको नगर सम्मेलन सम्पन्न,सेक्रेटरीमा मुक्ति चयन 

नेकपा देवदहको नगर सम्मेलन सम्पन्न,सेक्रेटरीमा मुक्ति चयन 

आइतवार, भाद्र २६ २०७९
आइतवार, भाद्र २६ २०७९

  • पदम पराजुलि । नेपाल कम्युनिस्ट पार्टी देवदह नगरपालिका रुपन्देहीको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले मुक्तिको नेतृत्वमा ९ सदस्य नगर कमिटी गठन गरेको छ ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा जिल्ला सदस्य नवीनले देशको परिस्थिति गम्भीर अवस्था रहेकोेले सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एकजुट भएर देश बचाउने आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो ।

    एमसीसी सम्झौता गरेर देशमा युद्ध चाहाने दलाल पुजीवादी पार्टीका नेता हरुलाइ श्रिलङ्का का जनता हरुले जस्तै नेपाली हरुले पनि देश निकाला नगरे सम्म र आन्दोलन को आधीबेरि सिर्जना नगरे सम्म देश कुनैपनि परिवर्तन हुन नसक्ने बताउनु भयो।

    तेस्तै कार्यक्रमा लाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) जिल्ला संयोजक पदम पराजुलीले दैनिक रूपमा बिदेशीने हजारौं युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गरेर रोजगारी प्रदान गर्नुपर्ने तथा अबको देशको नेतृत्व युवाले गर्नुपर्ने भनाइ राख्नुभयो। 

    सोही कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भिमदेव लगाएतका व्याक्ती हरुले निर्वाचित कमिटी लाई बधाई दिदै शुभकामना मन्तव्य राख्नुभएको थियो । भेला नगर सेक्रेटरी हिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij