२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेकपा कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट...
--4863

नेकपा कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट निर्वाचित 

नेकपा कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट निर्वाचित 

बुधवार, भाद्र २२ २०७९
बुधवार, भाद्र २२ २०७९
  •  

    कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट (परिवर्तन) निर्वाचित हुनुभएको छ । बुधबार भएको नेकपा कञ्चनपुरको पाँचौं जिल्ला सम्मेलनले सचिव बिष्टको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

    उक्त सम्मेलन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघका क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले पार्टी जीवनको विषयमा, पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय अन्तर्राष्टिय परिस्थिति,नीति विधि लगायत महत्वपूर्ण विषयमा प्रतिनिधि तथा परीबेक्षकलाइ प्रशिक्षण मन्तव्य राख्नुभएको थियो । उनले कार्यकर्तालाई प्रशिक्षित गर्दै जनताको आशा र विश्वास सहितको हाम्रो पार्टी जनताको मुक्तिका अन्तिम सम्म संघर्स गर्ने र जनवादी व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्ने अन्तिम लक्ष्यमा पुग्ने बताइन् ।

    सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै हाम्रा नेताहरु माथि पक्राउ पुर्जी जारी गरेको छ जो हामीलाई स्वीकार्य छैन र सरकारले गम्भीर भएर ३ बुँदे सहमति कार्यान्वय र प्रक्राउ पुर्जी फिर्ता गर्नुपर्ने नेतृ चन्दको भनाई थियो । दलाल संसदीय व्यवस्थाको अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद प्राप्तिकालागि सबैले एकीकृत जनक्रान्तिको कार्यदिशा आवद्ध हुन सबैलाई उनले आग्रह पनि गरिन् 

    नव निर्वाचित २७ सदस्यीय जिल्ला समितिको प्यानल प्रस्तुत भने नेकपा केन्द्रिय सदस्य डबल शाहले गरेका थिए ।

    नेकपा पूर्व जिल्ला सचिव प्रकाश मल्लको अध्यक्षतामा भएको सम्मेलन समारोहमा अथिति मा पार्टी केन्द्रिय सदस्य डबल शाह,क्रमश डडेलधुरा कैलाली जिल्ला सचिव विजय राना र विनोद विष्ट,विशेष समिति सदस्य पुरन राना, वीरेन्द्र विक, राम सिंह, जनसेवकबाट किरण,कमल विक,क्रान्ति,पूर्व जिल्ला सचिव विजु विक, श्रमिक समुदाय सु प संयोजक मधुसुदन लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

    कार्यक्रम सञ्चालन भने निर्वाचित सचिव राजेन्द्र विष्टले नै गरेका थिए । अन्तिममा निर्वाचित टीम लाई प्रमुख अतिथिले सपथ ग्रहण गराएकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij