२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेकपा प्युठानद्वारा गाउँ , नगर...
--4860

नेकपा प्युठानद्वारा गाउँ , नगर सम्मेलनमा तिव्रता

नेकपा प्युठानद्वारा गाउँ , नगर सम्मेलनमा तिव्रता

जनतामा जान नेता जागृतको निर्देशन

बुधवार, भाद्र २२ २०७९
बुधवार, भाद्र २२ २०७९

  •  राजेन्द्र रावत क्षेत्री,प्यूठान  ।  नेपाल कम्युनिस्ट पार्टी प्यूठानले  जिल्लाको विभिन्न पालिकाहरुमा नगर तथा पालिका सम्मेलन सम्पन्न गरेको छ ।   जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाँउपालिकामा एकैचोटी सम्मेलन सम्पन्न गरेको हो ।

    सम्मेलनले माण्डवी गाँउपालिकामा तोयाराम बाँठा मगर इन्चार्ज र दिपक राना मगर सेक्रेटरी रहेको १७ सदस्यीय गाउँ कमिटि निर्माण गरेको छ । कार्यक्रममा नवनिर्वाचित गाउँ कमिटिलाई बधाई दिदै नेकपा प्युठान का सेक्रेटरी केशब थापाले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकोले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको विचार र कार्यदिशा लाई जनताको माझमा व्यापक अन्तरक्रिया सहित स्थापित गर्न निर्देशन दिए ।

    त्यस्तै कार्यक्रममा नेकपा प्युठानका पुर्व सेक्रेटरी तथा विशेष कमिटि सदस्य माण्डवी गाउँ पालिका वडा नं ४ उदयपुरकोट जननिर्वाचित वडा अध्यक्ष डिल बहादुर घर्ती (अजय) ले जनताको अमुल्य मतबाट आफु वडा अध्यक्षमा निर्वाचित भएकोले पार्टीको आदेश अनुसार जनताको निस्वार्थ सेवामा लागि पर्ने बताए । उनले पार्टीका कार्यकर्ता लाई जनतामा एकीकृत जनक्रान्तिको कार्यदिशा स्थापित गर्दै लैजान अनुरोध गरे ।

    कार्यक्रममा नेकपा प्युठानका सचिवालय सदस्य तथा जिल्ला जनसरकार प्रमुख माण्डवी गा. पा.वडा नं. १ तिरामको जननिर्वाचित वडा अध्यक्ष बाम बहादुर बुढा मगर , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री , जिल्ला पार्टीका सल्लाहकार कमल बिष्ट लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।त्यस्तै नेकपा स्वर्गद्वारी  नगरपालिका मा पनि प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तुकमान खड्का सेक्रेटरी रहेको ९ सदस्यीय स्वर्गद्वारी  नगर कमिटि निर्माण गरेको छ ।

    सम्मेलनमा नेकपा का केन्द्रीय सदस्य तथा  प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. (जागृति)ले नवनिर्वाचित नगर कमिटिलाई बधाई दिदै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि  सचेतना मुलक जनजागरण अभियान सन्चालन गर्न निर्देशन दिए ।

    कार्यक्रममानेकपा प्युठानका सदस्य तथा सहिद परवार विशाल , राष्ट्रिय युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा प्युठानका अध्यक्ष वसन्त लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेको नेकपा प्युठानका सचिवालय सदस्य तथा स्वर्गद्वारी नगर इन्चार्ज गिरु प्रसाद भुसाल (परिवर्तन)ले जानकारी दिएका छन् । यहि भदौ २४ गते  पाँचौ जिल्ला सम्मेलन सफलताको लागि व्यापक तयारीमा लाग्न जुट्न पनि नेकपा प्युठानले कार्यकर्तालाई निर्देशन गरेको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij