२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध...
--4859

क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध करणीको आरोपमा जाहेरी

क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध करणीको आरोपमा जाहेरी

बुधवार, भाद्र २२ २०७९
बुधवार, भाद्र २२ २०७९
  • बुटवल । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूलाई मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ बनाउँदै बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिगले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।

    उनका अनुसार घटना ५ भदौको हो । आफूहरु सामाजिक सन्जाल स्न्यापच्याटबाट जोडिएको र पछि इन्स्टाग्राममा पनि सम्पर्क भएको ती युवतीले प्रहरीमा जाहेरी दिने क्रममा बताएकी छिन् । उनले ५ भदौको साँझमा सन्दीप आफूलाई लिन आफू बस्ने होस्टलनजिक आएको र आफूहरु कफी खानका लागि बाहिर निस्किएको पनि आरोपमा उल्लेख गरेकी छिन् ।

     प्रहरीका एक अधिकारीका अनुसार सन्दीपले ती युवतीलाई समयमा नै ड्रप गरिदिने वाचासहित नगरकोट लगेका थिए । नगरकोटमा आफूहरु दुवैले मदिरा लिएको र त्यहाँबाट फर्किँदा अबेर भएपछि सन्दीपले गौशालाको एक होटलमा आफूलाई लगेको ती किशोरीले बताएकी छिन् । 

    राति अबेर भइसकेकाले आफूसँग अरु विकल्प नभएको र होटलमा अरु कोठा नभएको भन्दै एउटा कोठामा बस्नु पर्ने बाध्यता आइपरेको पनि ती युवतीले बताएकी छिन् । उनले होटलमा पुगेपछि सन्दीपले आफूलाई मदिरामा केही मिसाएर खुवाएको आरोप लगाएकी छिन् ।

    सन्दीप ६ भदौमा क्रिकेटका लागि केन्या उडेका थिए । घटना उनी केन्या उड्नुअघि अघिल्लो रातको भएको युवतीले किटानी जाहेरीमा दिएकी छिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij