२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • कक्षा १२ को नतिजामा शान्ति नमुना...
--4854

कक्षा १२ को नतिजामा शान्ति नमुना माध्यमिक विद्यालय रुपन्देही प्रथम

कक्षा १२ को नतिजामा शान्ति नमुना माध्यमिक विद्यालय रुपन्देही प्रथम

सोमवार, भाद्र २० २०७९
सोमवार, भाद्र २० २०७९

  • बुटवल, भदौ २० । रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा १२ को नतिजामा रुपन्देही प्रथम भएको छ । सामुदायिक विद्यालयतर्फ शान्तिका सुदिप ढकालले ३.८८ जिपिए सहित रुपन्देही प्रथम हुन सफल भएका हुन् । 

    विद्यालयबाट १२ जना विद्यार्थीले ३.६  जिपिए भन्दा माथिकोे अकं सहित उत्तीर्ण भएका छन् भने ८६ जना विद्यार्थीहरुले ३.२  जिपिए भन्दा माथिको अकं प्राप्त गरेको विद्यालयले जनाएको छ । 

    विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले रुपन्देहीमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिएर शान्ति अब्बल विद्यालय बन्न सफल भएको भन्दै सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको लागि सही गन्तव्य बन्न सकेको बताउनुभयो । 

    शान्तिबाट यस वर्ष विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन समुहका ६ सय २  जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij