२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा सत्यवती गाउँपालिका गुल्मीको प्रथम सम्मेलन ...
--4852

नेकपा सत्यवती गाउँपालिका गुल्मीको प्रथम सम्मेलन  सम्पन्न

नेकपा सत्यवती गाउँपालिका गुल्मीको प्रथम सम्मेलन  सम्पन्न

गौरवको नेतृत्वमा १५ सदस्यीय गाउँ कमिटी निर्माण

बिहिवार, भाद्र १६ २०७९
बिहिवार, भाद्र १६ २०७९
  •  

    गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सत्यवती गाउँपालिका गुल्मीको प्रथम सम्मेलन बिहीवार ठूलोलुम्पेकमा सम्पन्न भएको छ । उक्त  सम्मेलनले कमरेड गौरवको नेतृत्वमा १५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ । उक्त अवसरमा नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले  गौरव श्रीसको संयोजकत्वमा २१ सदस्यीय इकाई कमिटी पनि निर्माण गरेको छ । 

    उक्त गाउँ सम्मेलनको प्रमुख अतिथि नेकपाका गुल्मी जिल्ला सेक्रेटरी  सुमनले देउवा नेतृत्वको गठबन्धन सरकारले तीन बुँदे सहमतिको विरुद्धमा गएर आफ्नो पार्टीको महासचिव विप्लव लगायत २८ जना नेताकार्यकर्तालाई जारी गरेको पक्राउ पुर्जी अत्यन्त खेदजनक, आपत्तीजनक र षडयन्त्रमुलक रहेको बताए । उनले गत साउन १६ गते ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको कुनै तुक नभएको र आफ्नो पार्टीले त्यसलाई खारेज गरेको बताए ।

    उनले आफ्नो पार्टीलाई जनताबाट अलग गर्नको निमित्त पार्टीको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा देउवा( प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रमुलक रणनीति अपनाएको र यसमा आफ्नो पार्टी सचेत रहेको बताए । उनले संसदवादी दलहरूले कम्युनिष्ट पार्टीको झण्डामा तस्कर गरिरहेको बताए । अमेरिकी साम्राज्यवाद, अन्य वैदेशिक हस्तक्षेप, चरम महँगी, भ्रष्टाचार, लघुवित्त संस्थाको ज्यादती लगायत विषयमा आफ्नो पार्टीले निर्मम जनसंघर्ष गरिरहेको उनले बताए ।

    अखिल नेपाल शिक्षक संगठन गुल्मीका सहसचिव प्रदीप राहादीले शिक्षा क्षेत्रमा भैइरहेको दलालीकरण, माफियाकरण, निजीकरण, व्यापारीकरण र भ्रष्टीकरणको विरुद्धमा निर्मम संघर्ष गर्ने युगिन अभिभारा अखिल (क्रान्तिकारी) को काधमा आएको बताए ।

    उनले नेपालका प्रथम विद्यार्थी सहिद गङ्गलाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल, एकीकृत जनक्रान्तिका प्रज्वल शाही लगायत नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनका सहादत प्राप्त गर्ने योद्धाहरूलाई समरण गर्दै उनीहरूको सपना पूरा नभएको बताए । उनले नेपालमा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको निमित्त निरन्तर संघर्ष गर्न आम विद्यार्थीलाई अपिल गरे । 

    कार्यक्रममा नेकपा निकट विभिन्न जनवर्गीय संगठनमा आबद्ध नेताकार्यकर्ताको ठूलो उपस्थिति रहेको प्राप्त समाचारमा बताइएको छ । 

    उक्त सम्मेलनको अध्यक्षता नेकपा सत्यवती गाउँपालिका सेक्रेटरी पुर्षोतम र सञ्चालन गौरवले गरेका थिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij