२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • बहिरा बाल माध्यमिक विद्यालय भैरहवाले सिप...
--4845

बहिरा बाल माध्यमिक विद्यालय भैरहवाले सिप मुलक तालिम सुरु

बहिरा बाल माध्यमिक विद्यालय भैरहवाले सिप मुलक तालिम सुरु

आइतवार, भाद्र १२ २०७९
आइतवार, भाद्र १२ २०७९
  • पुनहरि बेल्बासे भैरहवा । बहिरालाई दया होइन, अवसर देऊ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बहिरा बाल माध्यमिक विद्यालय भैरहवाले सिप मुलक तालिम सुरु गरेको छ ।  विद्यालयमा सिप कार्यक्रम अन्तर्गत सिलाइकटाइ कार्यक्रम आइतबार एक कार्यक्रमका बिच उद्घाटन भएको हो ।

    राज्यले बहिराबालबालिकालाई विशेष खालको व्यवस्था गर्नु पर्नेमा चुकेकोले सिद्धार्थनगर नगरपालिकाले सक्दो सहयोग गर्न पछि नपर्ने उपमेयर उमा अधिकारीले बताइन् ।शिक्षा क्षेत्रमा राज्यले लगानी गरे पनि सामुदायिक विद्यालयमा प्रगति कमी रहेकोले विशेष खालमा विद्यालयलाई नगरपालिकाले सहयोग गर्न कुनै कमी नराख्ने सिद्धार्थनगर नगरपालिका कार्यकारी प्रमुख नबराज पौडेलले बताए ।

    अन्तर्राष्ट्रिय स्तरमा लायन्सले वातावरण, दृष्टि, क्यान्सर, भोकमरी र डाइबेटिजका क्षेत्रमा सहयोग गर्न निर्देशन गरेको र अहिले आएर सिपमुलक क्षेत्रमा काम गर्न पनि थालेको लायन्स क्लब अफ सिद्धार्थनगर ग्रिनसिटिका अध्यक्ष श्रीबहादुर रायमाझीले बताए ।

    बहिरा बाल माध्यमिक विद्यालयमा अहिले ३३ जिल्लाका  २ सय ३५ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक भिम बहादुर थापाले बताए । बहिराहरुका लागि सिलाइकटाइ तालिम उत्तम रहेको र जिविकोपार्जन गर्न सहज हुने भएकोले तालिम सुरु गरिएको प्रधानाध्यापक थापाले बताए ।

    भैरहवामा रहेको बहिरा बाल माध्यमिक विद्यालय २०३२ सालमा स्थापना भएको थियो । स्थापनाकाल देखि नै नेपालको विभिन्न जिल्लाका बालबालिका र भारतको गोरखपुर सम्मका विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij