बुटवल । नेकपा सिर्द्धार्थ नगरकाे प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले राजु खानकाे नेतृत्वमा ९ सदस्यीय सिर्द्धार्थ नगरकमिटि गठन गरेको छ ।
सम्मेलनलाइ सम्बाेधन गर्दैन नेकपाका जिल्ला नेता १ नम्बर कमाण्ड इन्चार्ज बिरेज्द्र बि क ले विभिन्न विचारहरुकाे केन्द्रिकरणबाट नयाँ बिचार र नेतृत्व चयन गर्ने सम्मेलन रहेकाे भन्दै पार्टीकाे नवाैं महाधिवेशनकाे पुर्व सन्ध्यामा पार्टी सेल,वडा,नगर ,सबै तहका भेला सम्मेलनहरु गर्ने याेजना अनुरुप सम्मेलन गरेकोे ।
बिरेन्द्रले अहिलेकाे मुख्य लडाइँ राष्ट्रिय स्वाधीनताकाे पक्षमा भएकोले सबै तहबाट ब्यक्ति पार्टीकाे स्वार्थबाट माथि उठेर अमेरिकी साम्राज्यवादविरुद्ध देशभक्त ,युवा,बामपंथी ,विद्यार्थीहरु सबै एकजुट भएर लड्नुकाे विकल्प नभएको बताए ।
बिरेन्द्रले भने "राष्ट्रघाती एमसिसी,एसपिपी, चर्को महङ्गी विषय निरन्तर हाम्रो पार्टी सङ्घर्ष गरिएको छ। तर सरकार अमेरिकी साम्राज्यवादको उस्काउटमा हाम्रो पार्टीको महासचिव बिप्लब लगायतका नेताहरू लाई पक्राउ पुर्जी जारी गरेर जबर्जस्ती हामिलाइ दन्दमा धकल्न खोज्दै छ यसबाट सचेत भएर यस्ता पक्राउ पुर्जिलाई च्यातेर हामिले डटेर प्रतिरोध गर्नेछौ। जब सम्म नेपालमा दलाल संसदीय ब्यबस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवाद आउदैन त्यहाँ सम्म निरन्तर संघर्स गर्नेछाैं।"
साथै कार्यक्रमका सप्तरी जिल्ला सदस्य योगेन्द्र यादब, रुपन्देही जिल्ला सदस्य तथा तिलोत्तमा नगर सेक्रेटरी बिज्ञानले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम रुपन्देही जिल्ला सदस्य तथा सिद्दार्थ नगर सेक्रेटरी उषाका अध्यक्षता र नगर सदस्य नारायण कुवरकाे सञ्चालनमा भएको थियोे।
