रामकृष्ण शर्मा ,बुटवल । पर्वत-रुपन्देही सेवा समाज सिध्दार्थनगरकाे आयाेजनामा तीज मिलन कार्यक्रम रुपन्देहीको भैरहवामा सम्पन्न भयाे । सिध्दार्थनगर समिति अध्यक्ष यादव प्रसाद सापकोटाकाे अध्यक्षतामा संचालित कार्यक्रममा केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियो ।
प्रमुख अतिथि रामकृष्ण शर्माले तीजकाे परम्परा र यसकाे अनुकरणीय पक्षका बारेमा प्रष्ट पार्दै बिगतमा तीज पुरानो पुस्ताका सासु ,आमाहरूले नयाँ पुस्ताका बुहारीहरुलाई गर्ने अन्याय अत्याचारको बिरुद्ध मुक्तिका लागि संघर्षको आब्हान गर्ने, मनका बहहरु गीतको रुपमा पाेख्ने पर्वको रुपमा लिने गरेकोमा हाल सामाजिक अबस्थामा परिवर्तन आयकोले आजभोलि बिकासका कुरा, प्रगति कुरा , राजनीतिक विकृति, सामाजिक विसंगति बिरुद्धका गीतहरू गायर हाम्रो संस्कृति र परम्परालाई निरन्तरता दिने गरिएको बताउनु भयाे ।
तीज मिलन कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष लाेक शर्मा बस्याल, बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई , महासचिव टेकराज पाैडेल, केन्द्रीय सल्लाहकार गाेबिन्द प्रसाद रेग्मीले शुभकामना ब्यक्त गर्नु भएको थियाे ।
केन्द्रीय काेषाध्यक्ष शारदा रेग्मी , केन्द्रीय बरिस्ठ सदस्य टुकलाल न्याैपाने, सदस्य ताेलाकान्त सुनार, अोम सतिया अध्यक्ष अरुणा भुसाल , सिध्दार्थनगर समिति सल्लाहकार गणेश राज शर्मा , गाेबिन्द राज पाण्डे, जनकराज पन्त, संगीता रेग्मी , राधा पाण्डे लगायत झण्डै १०० काे संख्यामा पर्वतेली दिदीबहिनी तथा दाजुभाइहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमकाे संचालन नगर सचिव टिकाराम भुसाल र स्वागत कुमार केंसीले गर्नुभएको थियाे ।
