२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • ‘चन्दा आतंक’बारे समाचारप्रति गम्भीर ध्यानाकर्षण छ...
--4836

‘चन्दा आतंक’बारे समाचारप्रति गम्भीर ध्यानाकर्षण छ : नेकपा गुल्मी

‘चन्दा आतंक’बारे समाचारप्रति गम्भीर ध्यानाकर्षण छ : नेकपा गुल्मी

'दबाब दिएर चन्दा उठाउने पार्टीको कुनै नीति नरहेको स्पष्ट'

शुक्रवार, भाद्र १० २०७९
शुक्रवार, भाद्र १० २०७९
  • भदौ ११, तमघास । नेकपा गुल्मीले आफ्नो पार्टीको नाम जोडेर नयाँपत्रिका डटकममा ‘चन्दा आतंक’गरिएको भनि प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाचारको खण्डन गरेको छ । 

    शुक्रबार साँझ जिल्ला सेक्रेटरी सुमनले एक वक्तव्य जारी गर्दै  पार्टीको तर्फबाट ९ औं महाधिवेशन केन्द्रीत स्वेच्छिक सहयोगको अपिल गरिएको तर कसैलाई पनि दबाब दिएर चन्दा उठाउने पार्टीको कुनै नीति नरहेको स्पष्ट गरेका छन् । वक्तव्यमा सेक्रेटरी सुमनले पार्टीको विचार, नीति र आन्दोलनप्रति जनताको बढ्दो आकर्षणबाट विक्षिप्त भएका र पार्टीले कारवाही गरेका कतिपय समूह तथा व्यक्तिले आफ्नो पार्टीलाई बदनाम गर्न कोशिस गरेको बताएका छन् । 

    उनले आफ्नो पार्टीको नाम जोडेर पार्टीले कारवाही गरेका केही अराजकहरुले चन्दाका लागी दवाव दिइरहेको सूचना आएकोले यसबारे भ्रममा नपर्न सम्पूर्ण गुल्मेली जनसमुदायलाई अपिल गरेका छन् ।    

    नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन असोज १ देखि ९ गतेसम्म काठमाडौंमा हुने बताएको छ । महाधिवेशन सम्पन्न गर्न नेकपाले देशभर टोल, वडा, गाउँ, नगर, जिल्ला सम्मेलन गरिरहेको छ । यसअघि पनि नेकपाविरुद्ध ‘चन्दा आतंक’को भ्रमपूर्ण समाचारहरु प्रकाशित हुँदै आएका थिए । 

    वक्तव्यको पूर्णपाठ :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij