रामकृष्ण शर्मा / रुपन्देही नेपाल कम्युनिस्ट पार्टीको बुटवल उपमहानगर सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले एनबी साहीकाे नेतृत्वमा २५ सदस्यीय नगर कमिटी निमार्ण गरेको छ ।
महाधिवेशन गर्ने तयारी गरेको उक्त पार्टीले वडा ,नगर ,जिल्ला हुदै केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ ।सम्मेलनको प्रमुख आतिथ्यता जिल्ला सेक्रेटरी विश्वासले गर्नुभएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी भट्टराईले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको कुनै विकल्प नभएको बताउँदै महान सहिदहरुको रगतलाई खेर जान नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बुटवल इन्चार्ज क बिरेन्द्र बि क लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै बर्तमान सरकार तीन बुँदे शान्ति सम्झौता प्रति इमानदार नदेखिएकोले सचेत रहदै पार्टीले उठाएका बिचारहरुलाई जनताको विच लैजानुपर्ने बताउनु भयो ।
पार्टी जिल्ला सदस्य खगेन्द्रको स्वागत मनतब्यबाट सुरुभएकाे कार्यक्रमको अध्यक्षता एनबी साहीले गरेका थिए भने संचालन आत्माले गरेका थिए ।
