२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • ३ बुँदे सहमति कार्यान्वयन नभए तेस्रो...
--4831

३ बुँदे सहमति कार्यान्वयन नभए तेस्रो चरणको संघर्ष गछौं : चार कम्युनिस्ट पार्टी

३ बुँदे सहमति कार्यान्वयन नभए तेस्रो चरणको संघर्ष गछौं : चार कम्युनिस्ट पार्टी

बुधवार, भाद्र ८ २०७९
बुधवार, भाद्र ८ २०७९
  • बुटवल । नेकपा सहित ४ कम्युनिस्ट क्रान्तिकारी पार्टीले सरकारले ३ बुँदे सहमति कार्यान्वयन नभए तेस्रो चरणको संघर्ष गर्ने बताएको छ । नेपाल बन्द सम्पन्न भएपछि संयुक्त वक्तव्य जारी गर्दै बन्द कार्यक्रम सम्पन्न गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी, शैक्षिक संस्था, मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज, बुद्धिजीवीलगायत सम्पूर्ण जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै सरकारले केही मुद्दाहरु फिर्ता गर्न नसकिने बताएकोप्रति ध्यानाकर्षण समेत भएको बताएको छ । 

    वक्तव्यमा नेकपा कार्यालयमा प्रहरी प्रशासनले घेरा हालेको, सामना कलाकारहरुलाई दुव्र्यवहार गरेको, नेता कार्यकर्तामाथि राज्यले चरम दमन गरेको बताउदै कार्यकर्तामाथि हातपात गर्ने भिजिलान्तेहरुमाथि कारवाही गर्न माग समेत गरेको छ । 

    नेकपासहित वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा, नेकपा माओवादी समाजवादीले ३ बुँदे सहमति कार्यावन्यन, पक्राउ पुर्जी खारेज, महंगी, भ्रष्टाचार, एमसीसी खारेज लगायतका माग राखेर नेपाल बन्द सहितको चरणबद्ध संघर्ष गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij