२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • बन्दपछि बुटवलमा कोणसभा, माग पुरा नगरे...
--4830

बन्दपछि बुटवलमा कोणसभा, माग पुरा नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी

बन्दपछि बुटवलमा कोणसभा, माग पुरा नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी

मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  • रामकृष्ण शर्मा \ रुपन्देही नेपाल कम्युनिस्ट पार्टी लगाएत चार दलहरुले आह्वान गरेको आमहडताल रुपन्देहीमा शान्तिपूर्ण तरिकाबाट सम्पन्न भएको छ । अाज बिहानैदेखि सार्वजनिक यातायातका साधनहरु चलेका थिएनन् भने स्कुल ,उद्योग ,कलकारखाना अादिहरु पनि पुर्णरुपमा बन्द थिए ।

    एमसीसी , एसपीपी सम्झौता खारेजी , नागरिकता विधेयक फिर्ता , तत्कालीन ओलि सरकार सँग भएको सम्झौता लागू हुनुपर्ने , बन्दी कार्याकर्ता रिहाइ तथा महासचिव विप्लव लगाएत नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी खारेजी तथा महङ्गी नियन्त्रण अादि मागहरु राखी चार दलहरुले संयुक्तरूपमा आन्दोलन अगाडि बढाएका हुन । यसैबीच नेकपा लगाएत चार दलहरुले बुटवलमा कोणसभा सम्पन्न गरेका छन ।

    उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य तथा बुटवल नगर इन्चार्ज विरेन्द्र बि क ले आफ्नो पार्टी तत्कालीन ओलि सरकार सँग भएको तीन बुंदे सम्झौता पुर्ण रुपमा कार्यान्वयन होस् भन्ने चाहेको र यसलाई कमजोरीका रुपमा लिए बर्तमान सत्ताले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिनु भयो । आफुहरु आत्मसमर्पण नगर्ने बरु दलाल सत्ताले निहुँ खोजे बलिदानको लागि तयार रहेको बताउनु हुदै राष्ट्रघाती सम्झौता हुदा सम्म समेत नेपालका सुरक्षा निकायहरु के हेर्दै बसेका छन् ? उहाँ प्रश्न थियो ।

    बन्दको क्रममा काभ्रेको बनेपामा भएको घटनाको प्रसङ्गमा आफ्ना कार्याकर्तालाई कुटपिट गर्नेहरु सँग हिसाबकिताब लिने चेतावनी दिनुभयो । यसैगरी सोही कोणसभालाई सम्बोधन गर्दै सहिद तथा बेपत्ता संगठन नेपाल केन्द्रीय सचिव जस्मिन पौडेलले बर्तमान सत्ताले एक पछि अर्को गर्दै गम्भीर राष्ट्रघात गरिरहेकोले देशको माया हुनेहरु एक जुट भई सडकमा आउनुपर्नेमा जोड दिनुभयो । यसै गरि बैज्ञानिक समाजवादीका तर्फबाट छाया किरण तथा शशि बिस्वकर्माले सम्बोधन गर्नुभएको थियोे

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij