२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • सामना सांस्कृतिक परिवारका ४...
--4829

सामना सांस्कृतिक परिवारका ४ जना कलाकार बनेपाबाट गिरफ्तार

सामना सांस्कृतिक परिवारका ४ जना कलाकार बनेपाबाट गिरफ्तार

मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  • बुटवल  ।  नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक टोलि सामना परिवारका ४ जना सदस्यहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । आज बिहान करिब ७ बजे बनेपाको सातदोबाटोबाट गिरफ्तार गरेको सामना परिवारका संयोजक महेश नेपाली ‘आरोही’ले बताएका छन ।

    आरोहीका अनुसार बन्दको क्रममा आफ्ना सदस्यहरु पल, संगीत, बसन्ती र मनिसलाई गिरफ्तार गरेर प्रहरीले लगेको छ । गिरफ्तार भएका आफ्ना सदस्यहरुको रिहाईको माग गरेका छन । संघर्षको मोर्चामा सामना परिवारले परिस्थितिको सामना गरिरहेको पनि उनले बताएका छन ।

    नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन ओली सरकार बिच भएको तीन बुदे सहमतिको पालना नगरिएको, उल्टै नेकपा महासचिव विप्लव सहितका नेता कार्यकर्ता बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको, मुलुकमा भ्रस्टाचार , महङ्गी र सामाजिक असुरक्षा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी सहित ४ पार्टीद्वारा आज नेपाल बन्द गरिएको छ । बन्दका क्रममा विभिन्न ठाउँमा बन्द कर्ताहरुको गिरफ्तार भैरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij