२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • बागलुङमा नेकपाका  जिल्ला सेक्रेटरी  सहित ...
--4828

बागलुङमा नेकपाका  जिल्ला सेक्रेटरी  सहित १२ जनाभन्दा बढी  गिरफ्तार   

बागलुङमा नेकपाका  जिल्ला सेक्रेटरी  सहित १२ जनाभन्दा बढी  गिरफ्तार   

मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  •  

     बागलुङ ।  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका  जिल्ला सेक्रेटरी अाकाशसहित १२ भन्दा बढी नेता  कार्यकर्ता पक्राउ परेका छन् ।

     मंगलबार बिहान बाग्लुङ बजार बन्द गराउँदै हिँडेका जिल्ला सेक्रेटरी आकाश  सचिवालय सदस्य क्रान्ति, मगर मुक्ती मोर्चाका केन्द्रिय  सदस्य नन्दराम  सहितका टोलिलाई पक्राउ गरिएको हो ।

     नेकपाका बाग्लुङ इन्चार्ज  विप्लबले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन् । बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका सबैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।

    सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने,असमान सन्धि सम्झौता खारेज,महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij