२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी ) प्युठानकाे तेस्रो पूर्ण...
--4826

अखिल (क्रान्तिकारी ) प्युठानकाे तेस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी ) प्युठानकाे तेस्रो पूर्ण बैठक सम्पन्न

मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  • प्युठान  । अखिल क्रान्तिकारी प्यूठानको तेस्राे पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न । 

    अखिल (क्रान्तिकारी ) प्यूठानकाे तेस्राे पुर्ण बैठक विभिन्न निर्णय गर्दै  पार्टी कार्यालय जुम्रीमा सम्पन्न भएको छ । 

     बैठकमा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज दल ब. के. सी. ( जागृति ) ले वैदेशिक हस्तक्षेप बढिरहेकाे समयमा राष्ट्रिय स्वाधिनताकाे लडाइँमा सम्झौताहिन संघर्ष गर्न  युवा बिध्यार्थीलाई अाव्हान गरे  । 

    उनले भने -" एकातिर दिनानुदिन राष्ट्रघाती सम्झौताहरु भइरहेका छन् भने अर्कोतिर नेपाली  दलालहरु शिक्षालाई व्यापारीकरण गर्दै हुनेखानेका शिक्षा प्रणाली र हुदाँखानेका शिक्षा प्रणालीमा बर्गिकरण गरिरहेका छन् । यसर्थ अबकाे संघर्ष राष्ट्रिय स्वाधिनताकाे रक्षा गर्दै असमान शिक्षाको अन्त्य गर्ने अभियानमा संगठनलाई खराे उतार्नु पर्छ ।" त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा  लुम्बिनी प्रदेश इन्चार्ज विष्णु बहादुर रावत ( विज्ञान) ले कमिसन र नाफाकाे भरमा शिक्षालाई बिकृत पार्ने शैक्षिक माफियाहरु लाई जनकारबाही गर्ने हैसियत अखिल क्रान्तिकारी संग मात्र भएको बताए । 

    मातृपार्टी नेपाल कम्युनिस्ट पार्टीको  अासन्न नवाैं राष्ट्रिय महाधिवेशन केन्द्रित अभियान सन्चालन गर्दै पार्टी र संगठनलाई अाम विद्यार्थी  र जनताकाे माझमा स्थापित गर्न निर्देशन दिए ।

     अखिल (क्रान्तिकारी)प्यूठानकाे तेस्राे पुर्ण बैठक संगठनका जिल्ला अध्यक्ष गगन गिरीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij