२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • देउवा–प्रचण्ड गठबन्धन सरकार दमनमा उत्रियो, नेता...
--4825

देउवा–प्रचण्ड गठबन्धन सरकार दमनमा उत्रियो, नेता कार्यकर्तामाथि देशव्यापी प्रहरी दमन

देउवा–प्रचण्ड गठबन्धन सरकार दमनमा उत्रियो, नेता कार्यकर्तामाथि देशव्यापी प्रहरी दमन

मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  • बुटवल । चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा नेता कार्यकर्तामाथि देउवा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले व्यापक प्रहरी दमन गरेको छ । 

    शान्तिपूर्ण नेपाल बन्द गरिरहेको बेला प्रहरीले काठमाडौं, दाङ, अर्घाखाँची, चितवनलगायतका विभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता पक्राउ गरेको छ । 
    दाङमा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीसहित ८ जनालाई पक्राउ गरेको छ भने अर्घाखाँचीमा दुईजना बिद्यार्थीलाई पक्राउ गरेको छ ।

    त्यसैगरी चितवनमा दुईजनालाई पक्राउ गरेको स्थानीयले बताएका छन् । 

    काठमाडौंको विभिन्न स्थानबाट शान्तिपूर्ण बन्द गराइरहेको बेला नेता कार्यकर्ता गिरफ्तार गरेको छ । 

    नेकपालगायत ४ कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति कार्यान्वयन गर्न, नेकपाका महासचिव विप्लवलगायत नेता कार्यकर्ताको पक्राउ पुर्जी खारेज गर्न, महंगी, भ्रष्टाचार, असमान सन्धी सम्झौता खारेज गर्न, एमसीसी र एसपीपी सम्झौता खारेज गर्न माग गर्दै नेपाल बन्दको आब्हान गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij