बुटवल । नेकपा लगायतका चार कम्युनिस्ट पार्टीद्वारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् ।
बन्दका कारण सिद्धार्थ तथा पुर्व–पश्चिमा राजमार्ग ठप्प प्राय देखिएका छन् । सडकमा बन्दकर्ताहरु छैनन् तर सुरक्षाकर्मी भने छन् ।
सम्भावित सुरक्षा चुनौतीलाई ध्यान राख्दै नेपाल प्रहरी– सशस्त्र प्रहरीहरु चोकचोकमा छन् । शैक्षिकसंस्था,बजार तथा पसलहरु बन्द छन् ।
बन्दको क्रममा नेपाल कम्युनिस्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,र नेकपा माओवादी समाजवादी पार्टी गरि चार कम्युनिस्ट पार्टीले सम्युक्त रुपमा विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।
केही ठाउँका बजार र राजमार्गको चोकचोकमा प्रदर्शनकारीहरु रहेका छन् भने सुरक्षा निकाय सिभिल र पोशाखमा घुमिरहेका छन् ।
