गुल्मी । गुल्मीमा नेपाल बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । जिल्ला सदरमुकाम तम्घास बजार पूर्ण रुपमा ठप्प रहेका छन् ।
जिल्लाको सदरमुकाम नयाँबजार, पुतलीबजार, मिलनचोक, क्याम्पसरोड, सहिदचोक, खानीगाउँ, हस्पिटलरोड, बसपार्क, जीपपार्क, उधिनढुंगा, उपल्लो तम्घास, उर्लेनीलगायतका सम्पूर्ण बजार चोकहरु बन्द रहेका छन् ।
रिडी, गुल्मी दरवार, टक्सार, चोरकाटे, शान्तिपुर, मुसिकोट, सिमलटारी,पुर्कोट दह, मेहलपोखरीलगायतका मुख्य सडकहरुमा यातायात बन्द रहेका छन् । जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, उद्योग, होटल, व्यवसाय बन्द रहेका छन् ।
बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन । बन्दको क्रममा एम्बुलेन्स, शवबाहन, दुधको गाडी, अग्निनियन्त्रकका साधनलाई निर्बाध चल्न दिने नेकपा गुल्मीले बताएको छ ।
नेपाल बन्द साँझ ५ सम्म रहने स्रोतले बताएको छ ।
