२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेपाल बन्दकाे पूर्वसन्ध्यामा रुपन्देहीका ३ स्थानमा...
--4816

नेपाल बन्दकाे पूर्वसन्ध्यामा रुपन्देहीका ३ स्थानमा मसाल जुलुस

नेपाल बन्दकाे पूर्वसन्ध्यामा रुपन्देहीका ३ स्थानमा मसाल जुलुस

सोमवार, भाद्र ६ २०७९
सोमवार, भाद्र ६ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी लगायत चार कम्युनिस्ट  पार्टीले संयुक्त रूपमा भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् । 

    बन्दको पूर्वसन्ध्यामा रुपन्देही जिल्लाका ३  ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ । 
    देवदहकाे शंकरपुरबाट सुरुभएकाे जुलुस शंकरपुर चाेकमा पुगेर काेणसभामा परिणत भएको हाे । 

     मसाल जुलुसपछि भएको कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सदस्य शीशिरले अाेलि सरकारले नेकपासँग गरेकाे ३ बुँदे सहमति अहिलेसम्म लागू गर्न  नसकेको भन्दै सहमति लागू गर्न नसक्ने अहिलेकाे बठबन्धन सरकारकाे सरकारमा बस्ने कुनै  अाैचित्य नभएको बताए ।

    उनले एमसीसी मार्फत अमेरिका नेपालमा आएर नेपाललाई सिध्याउन लागेको भन्दै यसका विरुद्ध सबै दल पार्टी भन्दा माथि उठेर एकजुट भएर लड्नुपर्ने बताए । 

    उनले भाेलीकाे नेपाल बन्दले देशैभरि लामो तथा छोटो दुरिका गाडीहरू नचल्ने शिक्षण संस्था उधोग धन्दा कलकारखाना पूर्ण रूपमा बन्द रहने बताए । 
    मसाल जुलुस बुटवलको बेलवास चाेक , सैनामैनाकाे बाँसगढीमा पनि सयौंको संख्यामा युवाहरूले मसाल जुलुस बालेका थिए । 

    नेकपा सहित चार कम्युनिस्ट पार्टीकाे संयुक्त केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत भदाै ७ गते नेपाल बन्दकाे पूर्वसन्ध्यामा देशव्यापी मसाल जुलुस गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij