२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीकाे कञ्चन गाउँपालिका भेला सम्पन्न...
--4814

नेकपा रुपन्देहीकाे कञ्चन गाउँपालिका भेला सम्पन्न ,सेक्रेटरीमा साेमनाथ शर्मा निर्वाचित

नेकपा रुपन्देहीकाे कञ्चन गाउँपालिका भेला सम्पन्न ,सेक्रेटरीमा साेमनाथ शर्मा निर्वाचित

सोमवार, भाद्र ६ २०७९
सोमवार, भाद्र ६ २०७९

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी कञ्चन गाउँपालिकाे प्रथम भेला सम्पन्न भएको छ ।

    भेलाले साेमनाथ शर्माकाे नेतृत्वमा ९ सदस्यीय गाउँकमिटि निर्माण गरेको छ । 

    भेलालाई सम्बाेधन गर्दै नेकपाका जिल्ला सदस्य तथा रुपन्देही ३ नम्बर कमाण्ड इन्चार्ज नबिन थारुले पार्टीले  असाेज १ गते गर्न लागेको महाधिवेशन  तयारीका लागि सेल कमिटीदेखि  जिल्लासम्म भेला सम्मेलन गर्ने याेजना अनुरुप भेला गरेकोे बताए ।

    उनले एमसीसी मार्फत अमेरिका नेपालमा आएर नेपाललाई सिध्याउन लागेको भन्दै यसका विरुद्ध सबै एकजुट भएर लड्नुपर्ने बताए । 

    नविनले जनताका आवाजलाई उठाउँदा राष्ट्रियताकाे पक्षमा भ्रष्टाचारको पक्षमा बाेल्दा सरकारले  नेकपामाथि प्रतिबन्ध लगाएर झुट्टा मुद्दा लगाएर जेलमा थुनेका कार्यकर्तालाई रिहाई नगरेको बताउँँदै झुट्टा मुद्दा खारेज नगरि , उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव, प्रबक्ता , सचिवालय सदस्य लगायतका नेता कार्यकर्तालाई  ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको 
    उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति विरुद्धमा भएको कुरा सरकारले षड्यन्त्रमुलक ढंगले  मुलुकलाई  द्वन्दमा धकेल्न खोजेको बताए । 

    उनले सम्युक्त माेर्चाले आयोजना गरेको ७ गतेको नेपाल  बन्द कार्यक्रमलाई सफल पार्नको लागि सम्पूर्ण बुद्धिजीवी ,ब्यापारी ,शिक्षक,विद्यार्थी यातायात व्यवसायी र सबै जनसमुदायलाई सहयोग गरि बन्दलाई सफल पार्नकाे लागि अपिल समेत गरेका छन् ।

    कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा सैनामैना नगर सेक्रेटरी  वर्षा जिसिले 
    प्यानल प्रस्तुत गर्दै नयाँ निर्वाचित टिमले हातेमालो गरेर जनताका समस्याहरु हल गर्न र देश र जनताको पक्षमा लाग्न आग्रह गरिन् ।

    सियारि गाउँपालिका सेक्रेटेरी दिपक पराजुलीले नवनिर्वाचित टिमलाई सुभकामना दिएका थिए । 

    भेला कञ्चन गाउँपालिका सेक्रेटरी मुकेशकाे अध्यक्षता र साेमनाथ शर्माको सञ्चालनमा भएको

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij