२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4804

नेकपा अर्घाखाँचीद्वारा पालिका स्तरीय सम्मेलन सम्पन्न 

नेकपा अर्घाखाँचीद्वारा पालिका स्तरीय सम्मेलन सम्पन्न 

आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९

  • खुम बस्नेत, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न  गरेको छ ।

     सम्मेलन मार्फत अर्घाखाँचीका ६ अाेटै पालिकामा नेतृत्व चयन गरिएको हो । 

    जसअन्तर्गत शन्धिखर्कमा गणेश पौडेलको नेतृत्वमा १५ सदस्यीय , शितगङ्गामा खेमराज पुनको नेतृत्वमा १३ सदस्यीय , भुमिकास्थानमा सुरज घर्ती मगरको नेतृत्वमा ९ सदस्यीय नगर कमिटी , मालारानीमा जिवलाल भुसालको नेतृत्वमा १३ सदस्यीय , छत्रदेवमा हरि प्रसाद पराजुलीको नेतृत्वमा ७ सदस्यीय र पाणिनीमा हरिलाल पोख्रेलको नेतृत्वमा ७ सदस्यीय गाउँपालिका कमिटीहरु गठन भएका छन् ।

     सम्मेलनलाई प्रमुख अतिथिको रुपमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य संगमले एकीकृत जनक्रान्ति छिट्टै सफल हुने र त्यसको लागि निर्धक्क साथ लाग्नुपर्ने कुरामा जोड दिदै अाफ्नो बधाई तथा शुभकामना मन्तव्य राख्नु  भएको थियोे । त्यसैगरी विशिष्ट अतिथिको रुपमा जिल्ला सचिव माहुरी , विद्यार्थी नेता विज्ञान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । 

    सम्मेलन सन्धिखर्क ईन्चार्ज ताराको स्वागत मनतव्य, भुमिकास्थान इन्चार्ज चिन्तनको अध्यक्षता, मालारानी इन्चार्ज गर्जनको सञ्चालनमा सम्पन्न भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij