बुटवल । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले घाेषणा गरेकोे संघर्षका कार्यक्रम अन्तर्गत रुपन्देहीको ३ स्थानमा बिराेध प्रदर्शन कार्यक्रम सम्पन्न गरेकोे छ ।
जिल्लाको बुटवल देविनगर चाैपारी ,देवदहकाे सहदवनिया,सैनामैनाकाे दर्खासिमा बिराेध प्रदर्शन भएको हाे । बुटवल देविनगर चाैपारीमा भएको बिराेध प्रदर्शन पछिकाे काेण सभालाई सम्बाेधन गर्दै नेकपाका जिल्ला नेता बिरेन्द्र बि क ले सरकारले नेकपासँग गरेको ३ बुँदे सहमति विपरीत महासचिव विप्लव लगायत नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेकोे पक्राउ पुर्जी झुठ्ठा मुद्दा तत्काल सरकाले खारेज गर्नपर्ने बताए ।
उनले उक्त सहमतिको ३ नम्बर बुँदामा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी माथि भएको प्रतिबन्ध हटाउने कारागारमा रहेका पार्टीका नेता कार्यकर्ताहरुको रिहाई र सम्पुर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको तर अहिसम्म पनि जेलमा रहेका नेता कार्यकर्तालाई रिहाई नगरेको र झुट्टा मुद्दा खारेज नगरि , उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव, प्रबक्ता , सचिवालय सदस्य लगायतका नेता कार्यकर्तालाई ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरि
सरकारले षड्यन्त्रमुलक ढंगले मुलुकलाई जबर्जस्त दन्दमा धकेल्न खोजेको कुरा बताए ।
कार्यक्रममा बाेल्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य भुवन सेन्चुरीले नेपालीको राज्यसत्ताले नेपाली युवा क्रान्ति र जनताकाे पक्षमा बाेल्ने पार्टी अथवा ब्यक्ति कसैलाई पनि अगाडि बढ्न नदिने र प्रतिबन्ध लगाउने बताए ।
उनले अमेरिककाले नेपालका दलालसँग सम्झौता गरेर नेपालमा एमसीसी पास गरेकाे बताए ।
कार्यक्रमकाे सन्चालन नेकपाका जिल्ला नेता तथा बुटवल नगर सेक्रेटेरी एनबी साहिले गरेका थिए ।
यसैगरी देवदहकाे सहदविनयामा नेकपा माअाेवादी समाजवादी का विनाेद उपाध्यायले नेपाल कम्युनिस्ट पार्टी संग गरिएको ३ बुदे सहमतिलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग जोडदार माग गर्दै राष्ट्रघाती एमसिसी सम्झौता र एसपिपी परियोजना , मूल्यवृद्धि , भ्रष्टाचार र विगतमा भएका राष्ट्रहित बिपरितका असमान सन्धिहरु खारेज गर्न र नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको सात गतेको नेपाल बन्द कार्यक्रमलाई सफल पार्नको लागि सम्पूर्ण बुद्धिजीवी ,ब्यापारी ,शिक्षक,विद्यार्थी यातायात ब्याबसायि सबै जनसमुदायलाई सहयोग गरि बन्दलाई सफल पारि दिनु हुनको लागि नेताहरूले अपिल समेत गरेका थिए।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य शिशिर लगायत नेता कार्यकर्ताको सहभागी रहेकोे थियाे भने कार्यक्रमको सन्चालन नेकपाका जिल्ला सदस्य जस्मन्तले गरेका थिए ।
सैनामैनाकाे दर्खासिमा नेकपाका जिल्ला सदस्य नवीन थारुले सम्बाेधन गरेका थिए ।
